Kathmandu Press

म्यान्मारसँगको व्यापारिक सम्झौता ताड्दै अमेरिका 

काठमाडौं, चैत १७ : अमेरिकाले म्यानमारसँगको व्यापारिक सम्झौता तोड्ने भएको छ । निर्वाचित सरकारलाई ‘कू’ गर्दै पदच्युत गरेपछि अमेरिकाले म्यानमारसँगको व्यापारिक सम्झौता तोड्ने भएको...
म्यान्मारसँगको व्यापारिक सम्झौता ताड्दै अमेरिका 
Hardik ivf

काठमाडौं, चैत १७ : अमेरिकाले म्यानमारसँगको व्यापारिक सम्झौता तोड्ने भएको छ । निर्वाचित सरकारलाई ‘कू’ गर्दै पदच्युत गरेपछि अमेरिकाले म्यानमारसँगको व्यापारिक सम्झौता तोड्ने भएको हो । 

अमेरिकाले सन् २०१३मा म्यानमारसँग व्यापार र लगानी सम्झौता गरेको थियो । म्यानमारमा निर्वाचित सरकार पुनर्वाहली नभएसम्मका लागि अमेरिकाले व्यापार र लगानी सम्झौता तोड्ने निर्णय गरेको अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले बताएकि छन् । 

शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थी, मजदुर, मजदुर नेता र बलबालिकाहरुको हत्याले अन्तर्राष्ट्रिय समुदाय स्तब्ध भएको ताईले बताइन् ।  गत् फेब्रूअरी १ मा भएको सौनिक ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनमा चार सय ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्