नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, चैत १७ : नेकपा एमालेका नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सोमबार नेता माधवकुमार...
काठमाडौं, चैत १७ : नेकपा एमालेका नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सोमबार नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेपछि नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको हो ।
पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल समूहको स्थायी कमिटी बैठक मध्याह्न १२ बजेपछि बस्ने बताइएको छ ।
अनुशासन विपरीत गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको गरेका थिए ।
ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ।
प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











