भारतमा थप ५६ हजार ११९ जनामा संक्रमण
काठमाडौं, चैत्र १७ : भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड...
काठमाडौं, चैत्र १७ : भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ । भारतमा हालसम्म १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार ३५३ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २६६ जनाको मृत्यु भएको छ । आज संक्रमित भएका संक्रमण सोमबारको तुलनामा करिव १२ हजारले कम हो ।
सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: ०८:१३ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











