Kathmandu Press

विश्वभरमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २८ लाख नाघ्यो 

काठमाडौं, चैत्र १७ : विश्वभरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा सात हजार ५ सय ०७ जनाको...
विश्वभरमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २८ लाख नाघ्यो 

काठमाडौं, चैत्र १७ : विश्वभरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा सात हजार ५ सय ०७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८ लाख तीन हजार ९८८ पुगेको हो।

यस्तै एकैदिनमा ब्राजिलमा एकै दिनमा झण्डै दुई हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा ६२७, इटलीमा ४१७, फ्रान्समा ३६०, रसियामा २९३, भारतमा २६६, टर्कीमा १५४ र जर्मनीमा १३१ जनाको मृत्यु भएको हो ।

यस्तै‚ पछिल्लो २४ घण्टामा चार लाख ४३ हजारजनाभन्दा बढी संक्रमित थपिएका छन्। भारतमा ५६ हजारभन्दा बढी संक्रमित थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या एक करोड २१ लाख नजिक पुगेको छ।

अमेरिकामा पनि एकै दिन ५६ हजार १०० जनामा नयाँ संक्रमण देखिएको छ। योसँगै त्यहाँ कुल संक्रमितको संख्या तीन करोड १० लाख ३० हजार पुगेको छ। हालसम्म विश्वभर कुल संक्रमितको संख्या १२ करोड ८२ लाख नाघेको छ।

जसमध्ये १० करोड ३४ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित मिति: ०७:१४ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्