Kathmandu Press

आजदेखि ४ दिनका लागि देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द

आजदेखि ४ दिनका लागि देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द

काठमाडौं, चैत्र १७ : देशभर बढ्दो वायु प्रदूषणका कारण आजदेखि ४ दिनसम्मका लागि देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएका छन् ।

देशभर वायु प्रदूषण वढ्दो अवस्थामा रहेको र तत्काल सुधार  नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि ४ दिनसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ । सरकारको यो निर्णयसँगै अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्ने भएका छन्।

यद्यपी, केहि स्थानीय तहले भने आफ्नो ठाउँमा मौसम त्यति खराब नरहेको भन्दै विद्यालय बन्द नगर्ने जनाएका छन् । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका धुवाँ र धुलो मिसिएर वायु प्रदूषण बढेको छ। 

प्रकाशित मिति: ०६:५७ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्