Kathmandu Press

'किमलाई भेट्न बाइडन इच्छुक छैनन्'

काठमाडौं, चैत्र १७ : अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।अमेरिकी अधिकारीहरूका...
'किमलाई भेट्न बाइडन इच्छुक छैनन्'

काठमाडौं, चैत्र १७ : अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

अमेरिकी अधिकारीहरूका अनुसार उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुनेछ। बाइडनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख गरेको छैन। एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलोपटक सिङ्गापुरमा भेटवार्ता भएको थियो।

Hardik ivf

उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुन्। त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो। दुई साताअघि बाइडन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो।

अधिकारीहरूका अनुसार बढ्दो तनावलाई मत्थर पार्न वाशिङ्टनबाट प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरिएको थियो। उत्तर कोरियाली पारमाणविक तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ।

किम र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जो बाइडन अमेरिकी राष्ट्रपति बनेको कुरालाई अझै आत्मसात् गरिनसकेको बताइन्छ। बाइडनले उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने घोषणा गरिसकेका छन्।
 

प्रकाशित मिति: ०६:५० बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्