Kathmandu Press

तत्काल मौसममा सुधार नहुने, सावधानी अपनाउन आग्रह 

काठमाडौं, चैत्र १७ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।गएको शुक्रवार...
तत्काल मौसममा सुधार नहुने, सावधानी अपनाउन आग्रह 

काठमाडौं, चैत्र १७ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

गएको शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै तीन दिन प्रदूषण कायम रहने विभागले जनाएको छ । विभागले विज्ञप्ति निकालेर तीन दिनपछि वायुमण्डल केही चलायमान हुने देखिए पनि प्रदूषण हट्नका लागि त्यसपछिको डढेलोको अवस्था, वर्षा वा बलियो हावाहुरी आउने र नआउनेमा भर पर्ने जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको हावा स्वास्थ्यका लागि घातक रहेकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र सावधानीका उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ । खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ।

वायु प्रदूषण बढेसँगै सरकारले देशैभरका विद्यालय आउँदा चार दिनका लागि बन्द गर्ने निर्णय पनि गरेको छ ।  ​

प्रकाशित मिति: ०६:३८ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्