वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन
काठमाडौं, चैत १६ : वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन भएको छ।वामपन्थी नेता मानन्धरको सोमबार राति ८ः२० बजे पाटन अस्पतालमा निधन...
काठमाडौं, चैत १६ : वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन भएको छ।
वामपन्थी नेता मानन्धरको सोमबार राति ८ः२० बजे पाटन अस्पतालमा निधन भएको हो। उनको उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता गणेश साहले बताए।
वि.सं. १९८९ मा जन्मिएका मानन्धधरले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। त्यसअघि उनी कांग्रेसमा आवद्ध थिए। उनी २९ वर्षसम्म नेकपा (संयुक्त)को महासचिव भएका थिए।
उनको मंगलबार दाहासंस्कार गरिने जनाएको छ।
प्रकाशित मिति: २१:३९ बजे, सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











