Kathmandu Press

घनश्याम भुषाल र सुरेन्द्र पाण्डेसँग फेरि मागियो स्पष्टिकरण

काठमाडौं, चैत १६ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग फेरि स्पष्टिकरण मागेका छन्।यस अघि चार जना...
घनश्याम भुषाल र सुरेन्द्र पाण्डेसँग फेरि मागियो स्पष्टिकरण

काठमाडौं, चैत १६ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग फेरि स्पष्टिकरण मागेका छन्।

यस अघि चार जना नेतालाई स्पष्टिकरण सोधिएको थियो। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरण दिएका थिए। स्पष्टिकरण चित्त नबुझेको भन्दै ओलीले दुवै जनालाई ६ महिनाका लागि साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन्।

नेता भुषाल र पाण्डेले स्पष्टिकरणको जवाफ दिएका छैनन्। उनीहरुले जवाफ नदिएपछि फेरि स्पष्टिकरण माग गरिएको जनाएको छ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले चार जनासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। त्यहिअनुसार महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण पत्र पठाएका थिए।

 

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्