ओलीले गरेको कारबाहीको कुनै अर्थ छैन : नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको बताएका छन्।
काठमाडौं, चैत १६ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। ओलीले नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट पनि निलम्बन गर्ने निर्णय गरेका छन्।
ओलीले कारबाही गर्न नमिल्ने नेपालको भनाइ छ। कारबाही गर्ने निर्णय विधान विपरित छ। 'ओलीको यस्तो कारबाहीको कुनै अर्थ छैन,' नेपालले भने।
ओलीले कम्युनिष्ट पार्टी सिध्याउन खोजेको नेपालले बताए। त्यसैले जसलाई जस्तो काबारही गरेपनि त्यसले अर्थ नराख्ने बताए।
नेपालले ओलीको निर्णयलाई निरंकुश र तानाशाही प्रवृतिको संज्ञा दिएका छन्। ओलीका कम्युनिष्ट विरोध निर्णयविरुद्ध देशभरका कार्यकर्तालाई प्रतिरोध गर्न आह्वान गरेका छन्।
नेता नेपालले ओलीले गरेको कारबाहीको कुनै अर्थ नहुने जनाउँदै देशभरका कार्यकर्तालार्य उच्च मनोबलका साथ जुध्न आह्वान गरेका हुन्।











