Kathmandu Press

ओलीद्वारा नेता नेपाल र रावल ६ महिनाका लागि निलम्बित

नेता नेपाल र रावलमािथ पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ। ओलीले सोमबार कारबाहीको पत्र पठाएका हुन्। तर सच्चिएर आए निलम्बन अवधि घटाउन सकिने पत्रमा उल्लेख छ। उनले सच्चिन दिएको अवसरलाई पार्टीको कमजोरीका रूपमा नलनि पनि चेतावनी दिएका छन्।
ओलीद्वारा नेता नेपाल र रावल ६ महिनाका लागि निलम्बित

काठमाडौं, चैत १६ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीम रावललाई निलम्बन गरेका छन्।

चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै ओलीले उनीहरुलाई पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार पार्टीका सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै ६ महिनाका लागि निलम्बन गरेका हुन्।

नेता नेपाल र रावलमािथ पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ। ओलीले सोमबार कारबाहीको पत्र पठाएका हुन्।

तर सच्चिएर आए निलम्बन अवधि घटाउन सकिने पत्रमा उल्लेख छ। उनले सच्चिन दिएको अवसरलाई पार्टीको कमजोरीका रूपमा नलनि पनि चेतावनी दिएका छन्।

नेता नेपाललाई पठाएको पत्रमा यस्तो लेखिएको छ :

विषयः निलम्बन गरिएको सम्बन्धमा ।
श्री माधव कुमार नेपाल,
सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (एमाले)।

तपाई, माधव कुमार नेपाललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईले मिति २०७७।१२।१२ मा पार्टीमा पेश गर्नु भएको स्पष्टीकरणको जवाफमा देहाय बमोजिम देखियो :

१. तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर वैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।

२. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थि प्रवृत्ति प्रष्ट रुपमा देखियो। आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुयाउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टि भएको।

३. आपराधिक कृयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो।

४. तपाईले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको।

५. यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ ९छ० महिनाको लागि निरम्बन गरिएको छ।

तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि निलम्बनको अबधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिईएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ।

प्रकाशित मिति: १७:३० बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्