Kathmandu Press

नेपाल समूहका तीन नेता निष्कासित

सन्धिखर्क, चैत १६ : नेकपा एमालेले वरिष्ठ नेता नेपाल माधव नेपाल समूहका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ।अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठनका लागि नेतृत्व...
नेपाल समूहका तीन नेता निष्कासित
रामबहादुर चौहान, डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाल ।

सन्धिखर्क, चैत १६ : नेकपा एमालेले वरिष्ठ नेता नेपाल माधव नेपाल समूहका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठनका लागि नेतृत्व गरेको आरोपमा एमाले सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासन गरिएको हो।

एकीकरण भई नेकपा बन्नुअघि चौहान एमालेका जिल्ला सचिव थिए। तर एकीकरण भंग भई ब्युँतिएको एमालेमा साबिकको पद खोसिएपछि उनी चिढिएका थिए ।

यसैबीच उनको नेतृत्वमा शनिबार ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो। उनले आफ्नो कमिटीलाई आधिकारिक भएको दाबी गर्दै गठनकै दिन एमाले अर्घाखाँची अध्यक्ष चेतनारायण आचार्यमाथि कारबाहीकाे घाेषणा गरेका थिए।   

त्यसैको पर्सिपल्ट जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै संगठित सदस्यतासमेत नरहनेगरी उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताइएको छ।

एमाले अर्घाखाँची अध्यक्ष आचार्यले एक प्रेस विज्ञप्ति जारी गरेर पार्टीविरोधी गतिविधिमा संलग्न अन्यलाई भने स्पष्टीकरण सोध्ने बताएका छन्।

चौहानले पनि कुने किसिमको कारबाहीले आफूहरुको पार्टी पुनर्गठन अभियान नरोकिने स्पष्ट पारृेका छन्। एकलेअर्कालाई आरोप लगाउँदै गर्दा अर्घाखाँचीको एमाले विवादले उग्र रुप लिने आशंका गर्न थालिएको छ।

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्