Kathmandu Press

ललिता निवास प्रकरणका फाइल झिकाउन सर्वोच्चको आदेश

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयको सक्कल झिकाउन सर्वोच्चले आदेश दिएको हो।
ललिता निवास प्रकरणका फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, चैत १६ : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणको फाइल झिकाउन आदेश दिएको छ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयको सक्कल झिकाउन सर्वोच्चले आदेश दिएको हो।

नेपाल र डा. भट्टराईविरुद्ध उक्त प्रकरणमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

न्यायाधीशद्वय अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषद् निर्णयको सक्कल झिकाउन आदेश दिएको हो।
 
प्रकाशित मिति: १५:४५ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्