प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता
काठमाडौं, चैत १६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरमा आज (सोमबार) भेटमा...
काठमाडौं, चैत १६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरमा आज (सोमबार) भेटमा उनीहरूबीच समयसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।
सर्वोच्च आदालतले फागुन २३ गते नेकपा नाम विवादबारे फैसला गर्ने क्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा एकता खारेज गरेको थियो। सो फैसलासँगै एमाले र माओवादी केन्द्र साबिककै स्थितिमा पुगेका थिए।
नेकपा छँदै आएको राजनीतिक विभाजनमा प्रचण्ड र नेपाल एकै कित्तामा रहँदै आए पनि सर्वोच्चको फैसलापछि उनीहरू आआफ्नै पार्टीमा फर्कने निर्णयमा पुगेका थिए।
त्यसक्रममा उनीहरूले सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि निवेदन दिने निष्कर्ष निकालेका थिए। सोही विषयमा छलफल गर्न पनि उनीहरूबीच कोटेश्वरस्थित एक स्थानीयको घरमा भेटघाट गरेको स्रोतको भनाइ छ।











