Kathmandu Press

मोजाम्बिकमा आतंकवादी हमला

पूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा आतंकवादी आक्रमण भएको छ।
मोजाम्बिकमा आतंकवादी हमला

मापुटो, चैत १६ : पूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा आतंकवादी आक्रमण भएको छ।

काबो डेलगाडो प्रान्तको पाल्मा सहरमा आतंकवादीहरूले ठूलो संख्यामा हताहती भएको सरकारी अधिकारीहरूले बताएका छन्।

रक्षा विभागका प्रवक्ता ओमर सरंगाले घटनामा त्यस क्षेत्रमा काम गरिरहेको स्थानीय र विदेशी कामदारको मृत्यु भएको जानकारी दिए। मृतकको यकिन संख्या सरकारले उपलब्ध गराएको छैन।

आतंकवादी समूहले कब्जा गरेको एक होटेलमा लुकेका सातजना मारिएका छन्। उनीहरूमाथि आतंकवादी समूहले गोली प्रहार गरेको थियो।

स्वदेशी र विदेशी गरी सयौँ कामदारलाई उद्धार गरिएको ओमरले बताए।
 

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्