Kathmandu Press

तैरिन थाल्यो स्वेज नहरमा फसेको पानीजहाज

फसेको ठाउँबाट उक्त विशाल जहाजलाई पुनः सेवामा फर्काउन सफलता मिलेको हो। करिब एक सातादेखि यो जहाज स्वेज नहरमा फसेको थियो, सोमबार बिहान पुनः सञ्चालनमा ल्याइएको हो।
तैरिन थाल्यो स्वेज नहरमा फसेको पानीजहाज

काठमाडौं, चैत १६ : स्वेज नहरमा फसेको ‘एभर गिभन’ नामक पानीजहाज तैरिन थालेको छ।

फसेको ठाउँबाट उक्त विशाल जहाजलाई पुनः सेवामा फर्काउन सफलता मिलेको हो। करिब एक सातादेखि यो जहाज स्वेज नहरमा फसेको थियो, सोमबार बिहान पुनः सञ्चालनमा ल्याइएको हो।

उक्त जहाज नहरमा फसेपछि ढुवानीका लागि प्रयोग हुने विश्वको सबैभन्दा व्यस्त जलमार्ग अवरुद्ध भएको थियो। ढुवानी अवरुद्ध हुँदा संसारभरको व्यापार प्रभावित भएको थियो।

दैनिक ९ दशमलव ६ अर्ब डलरबराबरको सामान ओसारपोसार हुने यस नहरको ट्राफिक जाम खुलेलगतै विश्व व्यापार सामान्य अवस्थामा फर्किने अनुमान छ।
 
प्रकाशित मिति: १४:४३ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्