भोलिदेखि चार दिन देशभरका विद्यालय बन्द हुने
काठमाडौं, चैत १६ : सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ।शिक्षा, विज्ञान तथा...
काठमाडौं, चैत १६ : सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलि (मंगलबार) देखि शुक्रबार (चैत १७ देखि २० गते) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबारयता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ। जल तथा मौसमविद्हरूले केही दिन तुवाँलो नहट्ने बताएका छन्।
उनीहरूका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ । हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको र डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको मौसमविद्हरूकाे भनाइ छ।
प्रकाशित मिति: १४:४२ बजे, सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











