Kathmandu Press

भारतीय सेनाद्वारा नेपाली सेनालाई कोरोना भ्याक्सिन सहयोग

काठमाडौं, चैत १६ : भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरूद्धको एक लाख डोज भ्याक्सिन सहयोग गरेको छ। सो परिमाणको खोप आइतबार नै नेपाल आइसकेको...
भारतीय सेनाद्वारा नेपाली सेनालाई कोरोना भ्याक्सिन सहयोग

काठमाडौं, चैत १६ : भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरूद्धको एक लाख डोज भ्याक्सिन सहयोग गरेको छ। सो परिमाणको खोप आइतबार नै नेपाल आइसकेको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको बताएको छ। भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनमा मात्र हुने जनाइएको छ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदानस्वरूप उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्