Kathmandu Press

सभापति देउवाद्वारा संविधानसभा सदस्य भण्डारीको निधनप्रति दुःख व्यक्त

काठमाडाै‌, चैत १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद...
सभापति देउवाद्वारा संविधानसभा सदस्य भण्डारीको निधनप्रति दुःख व्यक्त

काठमाडाै‌, चैत १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक विज्ञप्तिमार्फत देउवाले भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा आफ्नो र पार्टीको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

भण्डारीको सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्