सिके राउतलाई १५ दिनभित्र हाजिर हुन अदालतको आदेश
काठमाडौं, चैत १६ : जिल्ला अदालत नवलपरासीले चन्द्रकान्त राउतका नामले समेत चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। तोकिएको समयमा हाजिर...
काठमाडौं, चैत १६ : जिल्ला अदालत नवलपरासीले चन्द्रकान्त राउतका नामले समेत चिनिने सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। तोकिएको समयमा हाजिर नभए कानुनअनुसार कारबाही हुने पनि बताइएको छ।
केही वर्षअघि सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण गतिविधि गर्ने प्रतिबद्धतासहित राउत मूलधारको राजनीतिमा फर्किएका हुन्।
यसअघि न्यायाधीश ध्रुवकुमार शाहको इजलासले फागुन २१ गते दिएको आदेशअनुसार पक्राउ पूर्जीसहितको म्याद सूचना पत्रिकामा प्रकाशित गरिएको थियो। त्यसो गर्दा पनि नभेटिएपछि अदालतले राउतलाई हाजिर हुन आदेश दिएको हो।
उनीमाथि राज्यविरुद्धको संगठित अपराधअन्तर्गत नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ।
प्रकाशित मिति: १३:२५ बजे, सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











