Kathmandu Press

मोदी भ्रमणलाई लिएर बंगलादेशमा प्रदर्शन, दुईको मृत्यु 

काठमाडौं, चैत १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा गरेको भ्रमणलाई लिएर भएको विरोध प्रर्दशनमा फेरी दुईको मृत्यु भएको छ।आइतबार फेरि गरिएको प्रर्दशनमा...
मोदी भ्रमणलाई लिएर बंगलादेशमा प्रदर्शन, दुईको मृत्यु 

काठमाडौं, चैत १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा गरेको भ्रमणलाई लिएर भएको विरोध प्रर्दशनमा फेरी दुईको मृत्यु भएको छ।

आइतबार फेरि गरिएको प्रर्दशनमा प्रर्दशनकारी र बंगलादेशी प्रहरीबीच भएको झडपमा परी दुईको मृत्यु भएको हो। बंगलादेशको पूर्वी जिल्ला ब्राह्मणबारियाको सरायल सहरमा प्रहरीले चलाएको गोली लागी १९ वर्षीय र २१ वर्षीय युवकको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन्।

Hardik ivf

धार्मिक कट्टरपन्थी समूह हेफाजात-ए-इस्लामका समूहले मोदीले बंगलादेशमा गरेको भ्रमणविरुद्ध प्रदर्शन गरेका थिए।

त्यस्तै भ्रमणविरुद्ध बंगलादेशको विभिन्न जिल्लामा भएको विरोध प्रर्दशनमा प्रहरीले चलाएको गोली लागी गत् शुक्रबार पाचँ र शनिबार ६ को मृत्यु भएको छ।  

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्