Kathmandu Press

बागलुङ घटनाका दोषीलाई अविलम्ब कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसले बागलुङमा दुईजनाको मृत्यु हुनेगरी भएको घटनालाई अमानवीय भन्दै त्यसको वास्तविकता सार्वजनिक गरी दोषीमाथि अविलम्ब कडा कानुनी कारबाही...
बागलुङ घटनाका दोषीलाई अविलम्ब कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, चैत १६ : नेपाली कांग्रेसले बागलुङमा दुईजनाको मृत्यु हुनेगरी भएको घटनालाई अमानवीय भन्दै त्यसको वास्तविकता सार्वजनिक गरी दोषीमाथि अविलम्ब कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति प्रकाशित गरी उक्त घटनाका सन्दर्भमा प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

‘बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना घटना अत्यन्तै निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।’ 

सो घटनामा प्रकाश कुंवर र दिपक नेपाली दुई युवकले जीवन गुमाएका छन्। कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसमेत हुन्। दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।

घटनाको वास्तविक विवरण लिन, स्थानीयवासीसँग संवाद गर्न र जीवन गुमाएका युवकहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्वसभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थलतर्फ लागेको प्रवक्ता शर्माले जनाएका छन्।
 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्