तुवाँलो अझै केही दिन रहन्छ : मौसमविद्
काठमाडौं, चैत १६ : विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा देखिएको तुवाँलो अझै केही दिन कायम रहेन मौसमविद्हरुले बताएका छन् । ...
काठमाडौं, चैत १६ : विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा देखिएको तुवाँलो अझै केही दिन कायम रहेन मौसमविद्हरुले बताएका छन् ।
पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
वायुको वेग बढ्नुका साथै वर्षा भएपछि मात्र तुवाँलो हट्ने उनले बताइन् । ‘भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ। यसले हावाको वेग बढ्नुका साथै फाफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुनसक्छ,’ उनले भनिन्।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ। दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।











