Kathmandu Press

प्रथम कालिका गोल्डकप चैत २१ देखि

प्रथम कालिका गोल्डकप चैत २१ देखि

चितवन, चैत १६ : पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो ।

यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताए । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: ११:२० बजे, सोमबार, चैत १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्