Kathmandu Press

चीनबाट आइपुग्यो आठ लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं, चैत १६ : चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहामार्फत सोमबार बिहान आठ लाख...
चीनबाट आइपुग्यो आठ लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं, चैत १६ : चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहामार्फत सोमबार बिहान आठ लाख डोज खोप काठमाडौं आइपुगेको हो।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले खोप त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिन्। खोप लिन आइतबार साँझ नेपाल एयरलायन्सको जहाज त्यसतर्फ गएको थियो।  

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ।

प्रकाशित मिति: ११:११ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्