Kathmandu Press

नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै 

काठमाडौं, चैत्र १६ : थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै छन् ।नेपाली समय अनुसार सोमबार साँझ साढे पाँच बजे त्रिपूरेश्वरस्थित...
नेसन्स कपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै 

काठमाडौं, चैत्र १६ : थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै छन् ।

नेपाली समय अनुसार सोमबार साँझ साढे पाँच बजे त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले बंगलादेशको सामना गर्न लागेको हो ।

लगातार दुई खेलमा गोलविहीन रहेको नेपाल फाइनलमा भने बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ।  पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो।

फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य उपाधि भएको बताए। 

प्रकाशित मिति: ०८:५० बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्