Kathmandu Press

विश्वकप फुटबल छनौटमा फ्रान्सको पहिलो जित

काठमाडौ, चैत्र १६ : फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो...
विश्वकप फुटबल छनौटमा फ्रान्सको पहिलो जित

काठमाडौ, चैत्र १६ : फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

यता, जर्मनी, इटाली र इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोटमा लगातार दुई खेलमा जित निकालेका छन्। जर्मनीले रोमानियालाई, इटालीले बुल्गेरियालाई र इंग्ल्यान्डले अल्बानियालाई पराजित गरेका हुन्। यसै समूहमा भएको अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुनियालाई १–० गोलले हराएको छ।

समूह ‘आइ’ को खेलमा भने इंग्ल्यान्डले अल्बानियालाई २–० गोलले पराजित गरेको हो। इंग्ल्यान्डको जितमा ह्यारी केनले ३८ र मासोन माउन्टले ६३ औं मिनेटमा गोल गरे। यसै समूहमा भएका अन्य खेलमा हंगेरीले सान मारिनोलाई ३–० गोलले हराउँदा पोल्यान्डले एन्डोरालाई ३–० गोलले हराएको छ।

समूह ‘बी’ मा रहेको स्पेनले पनि पहिलो जित निकालेको छ। यसअघि ग्रिससँग १–१ गोलको बराबरी खेलेको स्पेनले जर्जियालाई २–१ गोलअन्तरले पराजित गरेको हो। यसै समूहमा रहेको स्वीडेनले कोसोभोलाई ३–० गोलले पराजित गरेको छ।

आइतबार राति नै भएका अन्य खेलमा डेनमार्कले मोल्डोभालाई ८–० गोलले हराउँदा अस्ट्रियाले फारोइ आइसल्यान्डलाई ३–१ र इज्रायल र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। 

प्रकाशित मिति: ०७:५६ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्