Kathmandu Press

कोरोनाविरुद्धको आठ लाख खोप चीनबाट आज नेपाल आइपुग्दै

काठमाडौं, चैत्र १६ : चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ। खोप सोमबार राति ८ बजेर ३५...
कोरोनाविरुद्धको आठ लाख खोप चीनबाट आज नेपाल आइपुग्दै

काठमाडौं, चैत्र १६ : चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ। खोप सोमबार राति ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानस्थल नेपाल वायु सेवा  निगमले जनाएको छ ।

यो खोप शनिबार नै चीनको राजधानी बेइजिङ आइपुगेको छ । खोप लिन आइतबार साँझ नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो।  

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोपस्वीकार गर्ने निर्णय गरेको थियो।

सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख कोभिडविरुद्धको खोप लिएर जहाज आज आइपुग्ने भएको हो।  
 

प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्