Kathmandu Press

पेरूमा छ इन्धन ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

काठमाडौं, चैत्र १६ : पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको...
पेरूमा छ इन्धन ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

काठमाडौं, चैत्र १६ : पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ ।

पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरे । घटनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै एकीन विवरण सार्वजनिक नभएको उनले बताए । स्थानीय समय अनुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घटनाको विवरण दिँदै भने, “सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका छ मध्ये पहिलो ट्याङ्करमाथि लागेपछि ट्याङ्करबाट इन्धन चुहेको र उक्त ट्याङ्करमा आगलागिपछि विष्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विष्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

Hardik ivf

घटनाबारे अनुसन्धान सुरू भइसकेको छ ।” घटनास्थल राजधानी लिमाबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो । आगलागी नियन्त्रण र वस्तीमा फैलिन नदिनका लागि १० दमकल घटनास्थलमा पुगी निरन्तर काम गरिरहेका बताइएको छ । विष्फोटका कारण राजमार्गमा गुडिरहेका कार तथा अन्य गाडीहरूमा पनि असर परेको बताइएको छ तर कति व्यक्तिको मृत्यु भएको वा घाइते भएको भन्ने विवरण अझै आइसकेको छैन ।

पेरूको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्वीटरमार्फत् उक्त क्षेत्रमा गाडी तथा मानवीय आवतजावतलाई तत्कालका लागि रोकिएको र सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, चैत १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्