Kathmandu Press

सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं, चैत १५ : काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकाले नुवाकोटको ओखरपौवास्थित सिसडोलमा फोहोर फाल्दै आएका छन्।सिसडोल ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयले बेलाबेलामा विभिन्न माग राख्दै...
सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं, चैत १५ : काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकाले नुवाकोटको ओखरपौवास्थित सिसडोलमा फोहोर फाल्दै आएका छन्।

सिसडोल ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयले बेलाबेलामा विभिन्न माग राख्दै फोहोर फाल्ने कार्यमा अवरोध पुर्याउँदै आइरहेका छन्। त्यसका लागि विभिन्न सम्झौता पनि गरिँदै आएका छन्।

फेरि पनि सो ठाउँमा फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध सिर्जना गरेका छन्। यसअघिका सबै सम्झौता पूर्ण रूपमा कार्यान्वयनमा नआएसम्म फोहोर विसर्जन गर्न नदिने उनीहरूको माग छ। फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाले शुक्रबारदेखि सडकमा विरोध प्रदर्शनसमेत गर्दै आएका छन्।

ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने भनी मुख्य सचिव र स्थानीयबीच भएको सम्झौता कार्यान्वयनमा ल्याउनुपर्ने माग उनीहरूको छ। २०७७ कात्तिक ५ मा काठमाडौं महानगरपालिकाको ५२औं बैठकले गरेको निर्णय पनि कार्यान्वयनमा ल्याउनुपर्ने माग उनीहरूको छ।

विरोध प्रदर्शनमा सहभागी जनप्रतिनिधि, शिक्षक तथा स्थानीयले तीन वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दासमेत पूरा नभएको बताए। अव्यवस्थित फोहोर विसर्जन नहुँदा वातावरणमा प्रभाव परेको, स्वास्थ्यमा प्रतिकूल असर परेको, आफूहरुलाई राज्यबाट नागरिकको दर्जासमेत नपाएएको गुनासो उनीहरूले गरे।

प्रदर्शनकारीले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, अस्पताल निर्माण गर्ने, ‘एक घर, एक रोजगारी’ को व्यवस्था गर्ने, सडक विस्तार गरी कालोपत्रे गर्नेलगायत सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएपछि आफूहरु बाध्य भई आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्