Kathmandu Press

११७३ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं, चैत १५ : आइतबार दिउँसो ४ बजेसम्म १ हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन्।ट्राफिक प्रहरी महाशाखाका अनुसार ४ सय...
११७३ सवारीसाधनमाथि ट्राफिक कारबाही
फाइल तस्बिर

काठमाडौं, चैत १५ : आइतबार दिउँसो ४ बजेसम्म १ हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार ४ सय ५८ वटा सवारीसाधन अझै नियन्त्रणमै छन्। तिनीहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ३१ जनालाई कारबाही गरिएको महाशाखाले जनाएको छ।

होली पर्वमा मापसे गरेर, अनावश्यक रूपमा उत्साहित भएर सवारीसाधन चलाउँदा दुर्घटना हन सक्ने आँकलन गर्दै ट्राफिक प्रहरीले बिहानैदेखि चेकजाँचलाई कडा बनाएको छ। होलीमा अमर्यादित गतिविधि नहोस् प्रहरी पनि व्यापक रूपमा परिचालन गरिएको छ। 

आइतबार उिँसो ४ बजेसम्म उपत्यकामा ठूलो दुर्घटना नभएको महाशाखाको भनाइ छ।

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्