Kathmandu Press

चीनका ९७ प्रतिशत अभिभावक भन्छन्- बच्चालाई अति हेरचाह सामान्य हो

चीनका ९७ प्रतिशत अभिभावक भन्छन्- बच्चालाई अति हेरचाह सामान्य हो

बेइजिङ, चैत १५ : चीनका अधिकांश अभिभावकलाई आफ्नो बालबालिकालाई धेरै हेरचाह गर्नु स्वाभाविक लाग्ने गरेको पाइएको छ।

चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन्। 

देशका १ हजार ५ सय अभिभावक सर्वेक्षणमा सहभागी थिए । उनीहरुले आफ्ना बालबालिकालाई हरेक दिन धेरै चासो दिने गरेको जवाफ दिएका थिए । 

सर्वेक्षणमा सहभागी अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीको हरेक गतिविधिलाई नजिकबाट नियाल्नुपर्ने बताएका थिए।

उनीहरुले बालबालिकालाई हरेक गतिविधिमा सुझाव तथा निर्देशन दिने गरेको पनि बताएका छन्।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्