Kathmandu Press

मेलम्चीको पानी उपत्यकाका धारामा

काठमाडौं, चैत १५ : मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आइतबार महांकालचौर पोखरीमा आइपुगेको पानी धारामा वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी...
मेलम्चीको पानी उपत्यकाका धारामा

काठमाडौं, चैत १५ : मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आइतबार महांकालचौर पोखरीमा आइपुगेको पानी धारामा वितरण सुरु गरिएको हो । 

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा गर्ने योजना  खानेपानी लिमिटेडको छ । सो पानी मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण गरिनेछ । 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्