Kathmandu Press

होलीमा बिन्दास तन्नेरी (फोटोफिचर)

राजधानी काठमाडौंमा थुप्रै तन्नेरीहरू घरबाहिर निस्किएर अनि साथीभाइ आपसमा भेला भएर होली मनाइरहेका छन्। होली पर्वमा मापसे गरेर सवारी चलाउने, अनावश्यक विवाद झिकेर झगडा गर्ने भएकाले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न बिहानैदेखि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ।
होलीमा बिन्दास तन्नेरी (फोटोफिचर)

काठमाडौं, चैत १५ : आपसमा विभिन्न रङ दलेर उमंगमय ढंगले मनाइने होली पर्वले सामाजिक एकता र सद्भावलाई मजबुत बनाउने विश्वास गरिन्छ। आज (आइतबार) देशको पहाडी भूभागमा हर्षोल्लासपूर्वक होली पर्व (फागु पूर्णिमा) मनाइँदैछ।     

कोरोना कहरका कारण यसपालि भने सार्वजनिक स्थानमा होलीका कुनै कार्यक्रम आयोजना गरिएको छैन। सरकारले पनि घरमै परिवारजनमा सीमित भएर होली मनाउन, सार्वजनिक स्थानमा भिडभाड नगर्न आह्वान गरेको छ।

तथापि राजधानी काठमाडौंमा थुप्रै तन्नेरीहरू घरबाहिर निस्किएर अनि साथीभाइ आपसमा भेला भएर होली मनाइरहेका छन्। होली पर्वमा मापसे गरेर सवारी चलाउने, अनावश्यक विवाद झिकेर झगडा गर्ने भएकाले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न बिहानैदेखि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ।

 

 

 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्