Kathmandu Press

आयोजकले नै पायो चुली कपको उपाधि

वीरेन्द्रनगर, चैत १५ : वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल...
आयोजकले नै पायो चुली कपको उपाधि

वीरेन्द्रनगर, चैत १५ : वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । 

फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पार्‍यो । विजेता चुली युवा क्लबले दुई लाख रुपैयाँ र टर्फी पाएको छ । उपाधिको दाबेदार रुकुम पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनुपर्‍यो । उसले नगद एक लाख ५० हजार रुपैयाँ र टर्फी पायो । भलिबल प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट सुर्खेतको टोली तेस्रो तथा सल्यानको बनगाड कुपिण्डे युवा क्लब चौथो भएको छन् । तेस्रोले नगद एक लाख रुपैयाँ र चौथोले ५० हजार रुपैयाँसहित टर्फी पाएका छन् । 

आयोजकका अनुसार कर्णाली प्रदेशमा आयोजना भएका भलिबल प्रतियोगितामा यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । विजेता टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पुरस्कार वितरण गरे । 

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्