Kathmandu Press

कर्णालीका प्रदेश प्रमुखद्वारा होलीको शुभकामना

सुर्खेत, चैत १५ : कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा (होली) का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना...
कर्णालीका प्रदेश प्रमुखद्वारा होलीको शुभकामना

सुर्खेत, चैत १५ : कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा (होली) का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। 

उनले आइतबार जारी गरिएको शुभकामना सन्देशमा कोभिड-१९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली मनाउनसमेत आग्रह गरेका छन्।

Hardik ivf

प्रदेश प्रमुख कलौनीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले मौलिक संस्कृतिको संरक्षण गर्दै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्। 
    
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज चैत १५ गते हिमाली र पहाडी जिल्लामा तथा भोलि १६ गते तराईका जिल्लामा मनाइँदै छ।

वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ।

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्