Kathmandu Press

सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं, चैत १५ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन्।सभामुख सापकोेटा आइतबार प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।भेटका क्रममा...
सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं, चैत १५ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन्।

सभामुख सापकोेटा आइतबार प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटका क्रममा क्रममा संसद्मा विचाराधीन विधेयक अघि बढाउने र संसद प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ।

सरकारले बिजनेस नदिएका कारण संसद बैठक प्रभावकारी बन्न नसकेको आवाज उठिरहेको छ। संसद पुनःस्थापना भएयता चारपटक बैठक बसे पनि शोकप्रस्ताव पारित गर्नेभन्दा बाहेका अन्य केही उपलब्धि हुन सकेको छैन।

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्