Kathmandu Press

प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ गते २ बजे बस्ने

काठमाडौं, चैत १५ : प्रदेश १ को प्रदेशसभा बैठक  चैत २३ गते सोमबार २ बजेका लागि  डाकिएको छ।आइतबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एक...
प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ गते २ बजे बस्ने

काठमाडौं, चैत १५ : प्रदेश १ को प्रदेशसभा बैठक  चैत २३ गते सोमबार २ बजेका लागि  डाकिएको छ।

आइतबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना प्रकाशित गरी बैठकको जानकारी दिएका हुन् । चैत २ गतेलाई बोलाइएको बैठक चैत १ गते सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको थियो।

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव पेस भएपछि प्रदेशसभा बैठक सर्दै आएको थियो। नेकपा छँदै माधव नेपाल समूहका सांसदहरूले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता हस्ताक्षर गरेका थिए।

एमाले ब्युँतिँदा पनि कायमै रहिरहेको उक्त अविश्वासको प्रस्ताव सो समूहका नाै सांसदले फिर्ता बताइसकेका छन्।

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्