Kathmandu Press

होलीमा उपत्यकाको सुरक्षा व्यवस्था कडा, डेढ सय सवारीलाई कारबाही 

काठमाडौं, चैत १५ : फागु पूर्णिमा पर्वलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको छ।फागु पूर्णिमामा हुन सक्ने...
होलीमा उपत्यकाको सुरक्षा व्यवस्था कडा, डेढ सय सवारीलाई कारबाही 

काठमाडौं, चैत १५ : फागु पूर्णिमा पर्वलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको छ।

फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई ध्यानमा राख्दै आइतबार बिहानैदेखि  ट्राफिकले चेकिङ गर्न थालेको हो।  चेकिङ बेलुकी ९ बजेसम्म रहने महाशाखाले जानकारी दिएको छ । 

सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कारबाही गरिएको बताइएको छ । 

महाशाखाका अनुसार काठमाडौं उपत्यकाभरि ९० ठाउँमा ट्राफिक चेकिङ भइरहेको र डेढ सय सवारीसाधन कारबाहीमा परिसकेका छन् । 
 

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्