विश्वकप छनौट : सर्विया र पोर्चुगल बराबरीमा, नेदरल्यान्ड्सको बिजयी सुरुवात
काठमाडौं, चैत्र १५ : पोर्चुगलले विश्वकप फुटबलको युरोपियन छनोटमा सर्वियासँग बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियासँग २–२ गोलको बराबरी खेलेको...
काठमाडौं, चैत्र १५ : पोर्चुगलले विश्वकप फुटबलको युरोपियन छनोटमा सर्वियासँग बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियासँग २–२ गोलको बराबरी खेलेको हो।
रेड स्टार रंगशालामा समूह ‘ए’ मा घरेलु टिम सर्वियाविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाए पनि पोर्चुगलले जित निकाल्न सकेन। पोर्चुगलका लागि डियागो जोताले दुई गोल गरे भने सर्वियाका लागि एलेक्सजेन्डर मिट्रोभिच र फिलिप कोस्टिचले गोल गरे।
पोर्चुगलले यसअघि अजरबैजानलाई १–० गोलअन्तरले पराजित गरेको थियो। सर्वियाले आयरल्यान्डलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो।
त्यस्तै, समूह ‘इ’ को बेल्जियमले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको छ। रसियाले स्लोभेनियालाई २–१, क्रोसियाले साइप्रसलाई १–०, टर्कीले नर्वेलाई ३–०, लक्जमवर्गले आयरल्यान्डलाई १–०, बेलारुसले इस्टोनियालाई ४–२, मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१, नेदरल्यान्ड्सले लात्भियालाई २–० तथा स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेलेका छन्।











