Kathmandu Press

मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण गरिँदै

काठमाडौं, चैत्र १५ : लामो समयको प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको धारामा आउने भएको छ।  मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर...
मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण गरिँदै

काठमाडौं, चैत्र १५ : लामो समयको प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको धारामा आउने भएको छ।  मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा पुग्ने भएको हो।

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ। आज चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेने तयारी रहेको छ। चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुनेछ। मेलम्चीको पानी पहिलो दिनदेखि नै पिउन योग्य गरि धाराधारामा पठाइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।  

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार  मेलम्चीको पानी फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो। सुन्दरीजलमा पानी वितरणका लागि १० ओटा पोखरी निर्माण गरिएको छ। जसमध्ये नौ ओटा तयारी अवस्थामा छन्।  पानी दैनिक २ घण्टाको दरले उपत्यकामा वितरण हुने केयूकेएलले जनाएको छ।  

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, चैत १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्