Kathmandu Press

म्यानमारमा एकैदिन सेनाको गोली लागेर एक सय वढी प्रदर्शनकारीको मृत्यु 

म्यानमारमा एकैदिन सेनाको गोली लागेर एक सय वढी प्रदर्शनकारीको मृत्यु 

काठमाडौं, चैत्र १५ : म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर शनिवार एकैदिनमा एक सय जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको छ ।

नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा एक सय जना भन्दा धेरैको ज्यान गएको हो ।

सेनाले सत्ता लिएपछि  म्यानमारमा दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। यसअघिका प्रदर्शनमा पनि सेनाले दमन गर्दै आएको थियो तर शनिबार एकैदिन १०० बढी प्रदर्शनकारीको हत्या गरिएको हो।

शनिबार म्यानमारमा सैनिक बल स्थापना दिवस थियो। त्यही दिन सुरक्षाकर्मीले यंगुन, मण्डालयलगायतका शहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।

म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका  अधिकारीहरुले निन्दा गरेका छन् ।  म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन् । 
 

प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्