Kathmandu Press

भारतमा एकै दिनमा ६२ हजार वढीमा कोरोना संक्रमण पुष्टि 

भारतमा एकै दिनमा ६२ हजार वढीमा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, चैत्र १५ : पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिनमा यति धेरै संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

पछिल्ला केहि दिनयता भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख २१ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८४० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ०६:५० बजे, आइतबार, चैत १५, २०७७