Kathmandu Press

बंगलादेशसँगको बराबरीसँगै नेपाल फाइनलमा

काठमाडौं, चैत १४ : गोलरहित बराबरी खेल्दा पनि नेपाल थ्री नेसन्सकपको फाइनलमा प्रवेश गरेको छ।शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित...
बंगलादेशसँगको बराबरीसँगै नेपाल फाइनलमा

काठमाडौं, चैत १४ : बंगलादेशसँग बराबरी खेल्दै नेपाल त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो।

नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित त्रिदेशीय कपमा बंगलादेश एक जित र एक बराबरी सहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो भने दुवै खेलमा गोलरहित बराबरी खेलेको नेपाल २ अंकसहित दोस्रो हुँदै फाइनल पुगेको हो। एक बराबरी र एक हारसहित पुछारमा रहँदै कीर्गिस्तान प्रतियोगिताबाट बाहिरियो।

पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा नेपाल र कीर्गिस्तानले गोलरहित बराबरी खेलेका थिए।

Hardik ivf

शनिबारको खेलमा दुवै टिमले पोस्टमा उल्लेख्य आक्रमण गर्न सकेनन्। खेलमा बंगलादेश दुई पटक राम्रो मुभ बनाएको थियो, दुवै पटक रोहित चन्दले डिबक्सम उत्कृष्ट ट्याकल गर्दै बचाउ गरे।

बंगलादेशको तुलनामा नेपालले केही बढी गोलको अवसर सिर्जना गरेको थियो। तर, नेपाली खेलाडीले पोष्टमा राम्रो प्रहार गर्न भने सकेनन्। दोस्रो हाफको अन्त्यतिर दिनेश राजवंशीको थ्रोमा दर्शन गुरुङको हेड पोस्टमा लागेको बाहिरिएको थियो। त्यसबाहेक दुवै टिमले पोस्टमा प्रहार गर्न सकेनन्।

गोलका लागि नेपालको संघर्ष

शनिबार बंगलादेशविरुद्धको खेलमा पनि नेपाल गोलबिहीन बन्यो। लगातार तेस्रो खेला गोलरहित बराबरी खेलेको नेपाल पछिल्लो ८ खेल यता गोलका लागि संघर्ष गरिरहेको छ। ८ खेलमा नेपालले १२ गोल खाएको छ।

नेपालले अन्तिम पटक सन् २०१९ सेप्टेम्बर १०मा चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा २–० को जित निकालेको थियो। ती दुवै गोल अन्जन विष्टले गरेका थिए।

त्यसयता भएका ८ खेलमा नेपाल ५ मा हार र ३ बराबरी खेलेको छ। विश्वकप छनोटका तीन खेलमा अस्ट्ेलिया ५–०, जोर्डन ३–०, म्यानमार ३–० र कुवेत १–० ले पराजित भएको थियो।

त्यसपछि गत नोभेम्बरमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पहिलो खेलमा २–० ले विजयी भयो भने दोस्रो खेल गोलरहित बराबरीमा रोकिएको थियो। घरेलु मैदान पनि नेपालले कीर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी मै चित्त बुझायो।

बंगलादेशसँगको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिम गोलका संघर्ष गरिरहेको स्वीकारे। उनले आगामी खेलमा गोल निस्कने विश्वास राखे।

‘हामी लामो समयदेखि गोलबिहीन छौं, यसले प्रशिक्षका रुपमा मलाई र खेलाडीलाई पनि प्रेसर भएको छ,’ प्रशिक्षक महर्जनले भने, ‘खेलका गोलको महत्व त हुन्छ, हामी फिनिसिङमा चुकेका छौं, तर खेल भने राम्रो खेलेका छौं, अब फाइलनमा गोल हुने आशा छ।’ उनले गोलको खडेरीका कारण र कसरी गोल गर्न सकिन्छ भन्ने स्पष्ट बताएनन्।

जारी प्रतियोतिगामा तीन खेलमा १ गोज मात्र भएको छ। त्यो पनि उद्घाटन खेलमा आत्मघाती।

पोस्ट म्याच कन्फ्रेन्समा बंगलादेशका प्रशिक्षकले यो प्रतियोगितामा मात्र होइन, दक्षिण एसियामै निकै कम गोल हुने गरेको बताए। उनले दक्षिण एसियाको घरेलु लिगको संरचनाकै कारण दक्षिण एसियाली देश गोलका निकै संघर्ष गरिरहेको बताए।

प्रशिक्षक बराबरीमै खुशी

बंगादेशसँगका बराबरी पनि प्रशिक्षक बालगोपल महर्जन खुशी देखिए। उनले बंगलादेशसँग कम्तिमा एक अंक जोगाउन रणनीति रहेको र त्यसमा सफल भएको बताए ।

‘हाम्रो योजना नै फाइनल पुग्ने थियो, त्यसमा खुसी र्छौं, हामी खेल राम्रै खेलाका हौं खाली गोल नभएको मात्र हो,’ महर्जनले भने,‘पहिलो हाफ ठिकै मात्र थियो, दोस्रो हाफमा राम्रो खेल्यौं। अब फाइलनमा पक्क गोल हुन्छ होला।’

प्रकाशित मिति: २२:३० बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सङ्घीय संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद् अधिवेशन आजदेखि
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै