Kathmandu Press

कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

काठमाडौं, चैत १४ : कतारमा पनि कोभिड-१९ का संक्रमितहरु बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा...
कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

काठमाडौं, चैत १४ : कतारमा पनि कोभिड-१९ का संक्रमितहरु बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड-१९ का संक्रमितहरु बढेको बताएका हुन्। 

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन्। शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । 

त्यहाँ थपिएको समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ। त्यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ। 

त्यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन्। कतारमा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ।

त्यहाँ कम्तीमा ७ लाख मानिसलाई खोप दिइएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्