प्रचण्डले ठाकुरलाई भने– मिलेर सरकार बनाऔं
काठमाडौं, चैत १४ : बृहत् नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा एक अन्तरक्रियाको आयोजना गरेको छ।
सोही कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार नयाँ सरकार बनाउनुपर्ने प्रस्ताव राखेका छन्।
उनले सोही कार्यक्रमका अर्का सहभागी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई लक्षित गर्दै गठबन्धन सरकार बनिसकेपछि मधेसको मुद्दा सम्बोधन हुने धारणा व्यक्त गरे।
प्रधानमन्त्री एवं उमाले अध्यक्ष केपी ओलीलाई मधेसको अधिकार र पहिचान विरोधीका रूपमा चित्रण गर्दै प्रचण्डले एक साताभित्र नयाँ सरकार बन्ने भएकाले मिलेर मधेसका समस्यालाई मिलेर सम्बोधन गर्नुपर्ने बताउँदै ओली कहाँ नधाउन ठाकुरलाई अनुरोध गरे।
प्रकाशित मिति: १७:२३ बजे, शनिबार, चैत १४, २०७७
थप समाचार





