Kathmandu Press

संग्रौलालाई ठाकुरको जवाफ : ओलीसँग सम्झौता गरिसकेका छैनौं

काठमाडौं, चैत १४ : लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसमक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन...
संग्रौलालाई ठाकुरको जवाफ : ओलीसँग सम्झौता गरिसकेका छैनौं

काठमाडौं, चैत १४ : लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसमक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुको कारण स्पष्ट पार्न अनुरोध गरे।

बृहत् नागरिक आन्दोलनद्वारा शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले नयाँ सरकार गठनको साँचो आफूसँग हुँदाहुँदै जसपा ओलीतिर ढल्किनुको कारण ठाकुरबाट जान्न खोजेका थिए।

संग्रौलालाई जवाफ दिँदै ठाकुरले हालसम्म पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय भइनसकेको स्पष्ट पारे। उनले आफूहरुले प्रधानमन्त्री ओलीको विरुद्धमा नरहेको भनी बताएको तर समर्थन नै गरिनसकेको बताए।

अध्यक्ष ठाकुरले ओली सरकारको मात्र नभएर अन्य कसैको पनि विरोध नगरेको बताए। उनले यसअघि लिखित सम्झौता हुँदै आए पनि पूरा हुन नसकेकाले अब चेकले काम नचल्ने नगद नै चाहिने धारणा राखे।

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्