Kathmandu Press

‘ओली नेतृत्वको सरकारलाई विश्वास गर्न सकिन्न’

काठमाडौं, चैत १४ : बदलिँदो राजनीतिक परिवेशमा सत्ता समीकरणबारे नयाँनयाँ आयाममा बहस भइरहेका बेला नेपाली कांग्रेसमाथि ठोस निर्णय लिन नसकेको भन्ने आरोप लागिरहेको...
‘ओली नेतृत्वको सरकारलाई विश्वास गर्न सकिन्न’
फाइल तस्बिर

काठमाडौं, चैत १४ : बदलिँदो राजनीतिक परिवेशमा सत्ता समीकरणबारे नयाँनयाँ आयाममा बहस भइरहेका बेला नेपाली कांग्रेसमाथि ठोस निर्णय लिन नसकेको भन्ने आरोप लागिरहेको छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न कांग्रेसले निर्णायक कदम चालनुपर्ने आवाज पनि उठिरहेकै छ। ओलीले भोलिका दिनमा कांग्रेससँग पनि विश्वासको मत माग्न सक्ने आँकलन पनि गरिएको छ।

यसैबीच नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कुनै हालतमा विश्वास गर्न नसक्ने धारणा व्यक्त गरेका छन्।

बृहत् नागरिक आन्दोलनद्वारा शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्री ओलीमाथि सुरुदेखि नै विश्वास नगरेकाले आफूहरुले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे।

ओलीले चाहना गठबन्धनको सरकार बनाउनेतिर नरहेको उल्लेख गर्दै नेता रिजालले संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ (३) को सरकार बनाएर चुनावमा जान हतारिएको टिप्पणी गरे।

उनले ओली चाँडै धारा ७६ (७) मा पुगेर पुनः संसद् विघटन गर्ने मनस्थितिमा रहेको आरोपसमेत लगाए।   

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्