Kathmandu Press

आँधीमा परी अमेरिकामा ६ जनाको मृत्यु

काठमाडौं, चैत १४ : संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको जनाइएको छ। अमेरिकाको...
आँधीमा परी अमेरिकामा ६ जनाको मृत्यु

काठमाडौं, चैत १४ : संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको जनाइएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ। 

यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका पनि बताइएको समाचारमा जनाइएको छ। अलाबामामा आँधीमा परेर पाँचजनाको ज्यान गएको छ र केही व्यक्ति घाइते भएका छन्। यसबाट यस क्षेत्रका धेरै नागरिक प्रभावित पनि भएका बताएको छ । यस आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ।

Hardik ivf

त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ । अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ। 

त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ। त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो। यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ। 

यहाँको सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ।

प्रकाशित मिति: १२:४० बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्