Kathmandu Press

हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

काठमाडौं, चैत १४ : युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को तयारी पूरा गरेका छन्। आइतबार जापानको टोकियोमा...
हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

काठमाडौं, चैत १४ : युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को तयारी पूरा गरेका छन्। आइतबार जापानको टोकियोमा आयोजना हुने सो महोत्सवमा उनले जापानका  बक्सर खोतेजुसँग भिडन्त गर्दै छन्। विश्वचर्चित सो भिडन्त हेर्न १० हजारभन्दा बढी जापानीले टिकट लिइसकेका जनाइएको छ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका हुन्। उनले शनिबार समाजिक सञ्जालमार्फत महोत्सवको आवश्यक तयारी पूरा भएको जनाएका छन् । प्रशिक्षक  देवले  पनि सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली बक्सर के वान फेस्टिबल २०२१ मा छनोट हुनु आफैंमा प्रतिष्ठाका विषय हो। म महोत्सवमा भाग लिएका अविवरलाई माया, साथ र समर्थन गरिदिन  विशेष आग्रह गर्दछु।’ उनका अनुसार सो भिडन्त आबेमा युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न सकिन्छ । 

महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ। हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी हुनुहुने बताइएको छ। सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए। एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन्।

खेलाडी अविरलले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्। महोत्सवलाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ। वेस्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अविरलले हालसम्म ४७ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको छ । युवा बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो। रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन्। तीन राउन्डको तीन चरणको खेलमा अंक बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए।

यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्चकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउन्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए। अविरलले हालसम्म हिट-२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायणले जानकारी दिए।

अविरलले नियमित रूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको बताए। ‘अविरलसँग अद्भूत, अदम्य साहस, जोस र लगनशीलता छ । नेपालको लागि ‘के वान फेस्टिबल २०२१’ मा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो,’ उनले भने। (रासस)

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्